अर्थ

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

इलामकोे सूर्योदय नगरपालिका र रोङ गाँउपालिकामा निर्माण हुने १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना निर्माण गर्न सिटिजन्स बैंकको एकल ऋण लगानी रहने गरी कर्जा सम्झौता भएको हो।  

इलामको जिल्लाको सूर्योदयनगरपालिका र रोङगाँउपालिकामा निर्माण हुने सिद्घि हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत् आयोजनामा प्रवद्र्धक कम्पनी र बैंकबीच मिति २०८० पुस १९ गते बिहीबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा बैंकका प्रमुख–कन्र्सोटियम-इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गरेका छन्।

सम्झौता परियोजनाको अनुमानित लागत करिब एक अर्ब ७३ करोड (निर्माण अवधिको व्याजबाहेक) रूपैयाँमा बैंकले ७५ः२५ को अनुपातमा एक अर्ब २९ करोड रूपैयाँ बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवद्र्धकहरूबाट स्वपुँजी जुटाइने छ। सो आयोजनाले आगामी अढाई वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ।

प्रकाशित: २० पुस २०८० ०४:०९ शुक्रबार

सम्झौता सिटिजन्स बैंक सिद्घिखोला जलविद्युत् आयोजना वित्तीय व्यवस्थापन १० मेगावाट