अर्थ

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ‘ओइएम’ पार्टनरका रूपमा नेपाल ल्युब आयल सहभागी भएको छ।

जाडो मौसमले दुई पांग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ।

पुस ५ देखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाडौं उपत्यकाभरिका पाँच स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा भएको थियो।

भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकलक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज गर्ने सुविधा प्रदान गरेको थियो। क्याम्पमा सहभागी २६ सय भन्दा धेरै ग्राहकमध्ये पाँच ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहारसमेत प्रदान गरिएको थियो।

प्रकाशित: २० पुस २०८० ०३:५५ शुक्रबार

नेपाल ल्युब आयल ओइएम सर्भिस क्याम्प भेस्पा र अप्रिलिया स्कुटर