अर्थ

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकलेस्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले १५ वर्ष सेवा अवधि पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो।

बैंकद्वारा आयोजित एक  विशेष कार्यक्रमका बीच ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान गरेका हुन्।

अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।  

प्रकाशित: १८ पुस २०८० १४:३२ बुधबार

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीलाई सम्मान ग्लोबल आइएमई बैंक