अर्थ

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच हितग्राहीका लागि छुट सम्झौता भएको छ।  

दुई वर्षका लागि लागु हुने सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एन्ड मार्केटिङ म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।  

सम्झौता बमोजिम सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतको होटेल, रेसोर्ट, रेष्टुरेन्ट तथा क्याफे आदिमा सेवा लिँदा क्यापिटलका हितग्राही ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा रुम बुकिङमा २० प्रतिशत छुट अफर पाउनेछन्।

प्रकाशित: १८ पुस २०८० १४:०८ बुधबार

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता