अर्थ

युनाइटेड मेवाखोलाको सेयर निष्कासनमा सिटिजन्स क्यापिटल

सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावरबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

युनाइटेड मेवाखोला हाइड्रोेपावरका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार क्यापिटलले युनाइटेड मेवाखोला हाइड्रोपावरको सार्वजनिक निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।

युनाइटेड मेवाखोला हाइड्रोपावरले निमार्ण गरिरहेको आयोजना ‘मेवाखोला जलविद्युत् आयोजना’ ताप्लेजुङमा रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।

प्रकाशित: १८ पुस २०८० ०२:१३ बुधबार

सम्झौता सिटिजन्स क्यापिटल युनाइटेड मेवाखोला हाइड्रोपावर सेयर प्रबन्धक