अर्थ

३० अंकले नेप्सेमा गिरावट, साढे चार अर्बको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार मापन गर्ने नेप्से परिसूचक  ३०.०५ अंकले गिरावट भएको छ। मंगलबार दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूर्ण हुदैँ ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको हो।  

मंगलबार २०५ कम्पनीको सेयर घट्यो भने ३७ कम्पनीको सेयर बढ्यो । तीन कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार एक करोड १८ लाख ८५ हजार ७ सय १२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२ रुपैयाँको कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो।

सेन्सेटिभ सूचक ४.५४ अंकले घट्यो। फ्लोट सूचक पनि २.१८ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १.५७ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये  मंगलबार सबै उपसूचक घट्यो। सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक ३३४.६१ अंकले घट्यो। त्यसैगरी निर्जीवनबीमातर्फको उपसूच्क पनि २१२.५६ अंकले घट्यो। होटल तथा पर्यटनतर्फको उपसुचक पनि १८१.३४ अंकले घटेको छ।

मंगलबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा चिरख्वा हाइड्रोपावर कम्पनी  रह्यो । सो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीको सेयर ९.९८ प्रतिशत र नेपाल वायरहाउस कम्पनी लिमिटेडको सेयर पनि ९.९७ प्रतिशतले बढेको छ। मंगलबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा हिमालयन हाइड्रोपावर कम्पनी  रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ। त्यसैगरी सिटिजन लाइफ इन्सुरेन्स कम्पनीके सेयर ७.१८ प्रतिशत र दोर्दीखोला जलविद्युत् कम्पनीको सेयर पनि ६.५६ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्सेपरिसूचक ८.७५ अंकले बढेको थियो। सोदिन एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँको सेयर कारोबार भयो। सोमबार १५९ कम्पनीको सेयर घट्यो भने ७७ कम्पनीको सेयर बढ्यो। १० कम्पनीको सेयर स्थिर रहेको थियो।

प्रकाशित: १७ पुस २०८० १०:२७ मंगलबार

सेयरबजार