अर्थ

३ अर्बको विकास आयोजना

नेपालगञ्ज – एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ। 

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । यसका लागि बैंकले करिब रु १ अर्ब ५० करोड ऋण अनुदान उपलब्ध गराएको छ । आयोजना प्रमुख सुनिलकुमार ठाकुरका अनुसार आयोजना सम्झौता भएको मितिले २० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ। 

आयोजनाअन्तर्गत अहिले नेपालगञ्जको बेलासपुरदेखि खजुरा सडकखण्ड जोड्ने सडकको दुवै छेउमा सतही नाला निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जका भित्री सडक पनि निर्माण र मर्मत गरिने तथा पिछडिएका तथा विपन्न समुदायका लागि आयआर्जन कार्यक्रम सञ्चालन हुनेछ। 

सोही बैंकको ऋण अनुदान सहयोगमा उपमहानगरपालिकाले पनि सडक र सतही नाला निर्माण गर्ने जनाइएको छ । उपमहानगरपालिकाले सञ्चालन गर्ने शहरी विकास आयोजनाअन्तर्गत करिब ३६ किमी कालोपत्रे सडक र सतही नाला निर्माण गरिने आयोजनाका टोलीनेता डा जनार्दन आचार्यले जानकारी दिए । सो आयोजना सञ्चालनका लागि बैंकले करिब रु १ अर्ब ५० करोड ऋण अनुदान सहयोग उपलब्ध गराएको छ।  (रासस)

प्रकाशित: २७ माघ २०७४ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App