अर्थ

काठमाडौंमा इन्दिरा आइभिएफ केन्द्र

भारतमा आइभिएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभिएफले काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने भएको छ।

भारतमा प्रजनन सम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थामध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आइभिएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको जनाएको छ।

नेपालमा स्वास्थ्य सेवाको यात्रा सुरु गर्दै इन्दिरा आइभिएफले यस क्षेत्रलाई बलियो रूपमा जकडेको बाँझोपनका गम्भीर चुनौतीहरूको सामना गर्न दृढ भएको जनाएको छ।

इन्दिरा आइभिएफ नेपाल केन्द्रकी प्रमुख तथा आइभिएफ विशेषज्ञ डा. नेहा हुमागाईंले बाँझोपनको प्रभाव गहिरो हुने उल्लेख गर्दै यसको असर गर्भधारण गर्न असक्षमताको स्थिति मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको बताइन्।

यस्तो अवस्थामा दम्पतिहरूले बहिष्करण र अक्षमताको जस्तो ठूलो पीडा अनुभूतिलाई केन्द्रले सम्बोधन गर्ने बताइन्।

प्रकाशित: १७ पुस २०८० ०२:४८ मंगलबार

काठमाडौंमा इन्दिरा आइभिएफ केन्द्र प्रजनन सम्बन्धी समस्या