अर्थ

डिसेम्बरमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिए

डिसेम्बरमा महिनामा मात्रै झण्डै एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। 

पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्‍याएको छ।

विभागको तथ्याङ्क अनुसार यस वर्षको पर्यटक आगमन सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतले पुनरुत्थान भएको हो। कोभिड महामारी अघि २०१९ को डिसेम्बरमा १ लाख १ हजार ३० जना पर्यटक नेपाल भित्रिएका थिए।

विभागको तथ्याङ्क अनुसार डिसेम्बर महिनामा छिमेकी राष्ट्र भारतबाट सबैभन्दा धेरै पर्यटक मुलुक भित्रिएका छन्। यो महिनामा भारतबाट नेपाल भित्रिनेको संख्या ३२ हजार ६ सय ९२ रहेको छ।

भारतपछि दोस्रो धेरै पर्यटक नेपाल भित्रिएको मुलुकमा चाइना रहेको छ। डिसेम्बर महिनामा चाइनाबाट ७ हजार ३ सय ७० जना चाइनिज पर्यटक नेपाल भित्रिएका छन्। चाइना पछि क्रमशः अमेरिका, बङ्गलादेश, थाइल्यान्ड, युके अष्ट्रेलिया, म्यानमार, दक्षिण कोरिया, जापानलगायतका मुलुकहरू छन्।

विभागको तथ्याङ्क अनुसार अमेरिकाबाट ७ हजार २७ जना, बङ्गलादेशबाट ५ हजार २ सय ६ जना, थाइल्यान्डबाट ४ हजार ५ सय ३४, युकेबाट ४ हजार २ सय ६७, अष्ट्रेलियाबाट ३ हजार ८ सय ३४, म्यानमारबाट २ हजार ५ सय ३३, दक्षिण कोरियाबाट २ हजार ३ सय ६३, जापानबाट २ हजार ३ सय ३९ जना पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल सरकारले २०२३ मा १० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखेको थियो। जुन लक्ष्य २०२३ डिसेम्बर २७ तारेकमै पुरा भइसकेकाे छ।

प्रकाशित: १६ पुस २०८० १२:०९ सोमबार

पर्यटक