अर्थ

ग्लोबल बैंकको वार्षिकोत्सवका अवसरमा छुट

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा क्युआर पेमेन्टमा १७ प्रतिशत छुट दिने भएको छ।

बैंकले कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा हजार रूपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

बैंकले यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससिटी कार्डबाट योजना अवधिभर पिओएस मेसिन (पोइन्ट अफ सेल मेसिन) मार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रूपैयाँभन्दा माथिको कारोबार रकममा हजार रूपैयाँको क्यासब्याक उपलब्ध गराउने जनाएको छ। 

प्रकाशित: १६ पुस २०८० ०३:५७ सोमबार

ग्लोबल आइएमई बैंक १७ औं वार्षिकोत्सव