अर्थ

टिभिएसको सेलिब्रेट भ्यालेन्टाइन्स डे इन स्टाइल

काठमाडौं – नेपालमा टिभिएस स्कुटर  र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेन्टाइन्स डे इन स्टाइल’ नामक योजना घोषणा गरेको छ ।

यस योजना अन्तर्गत, ग्राहकले कुनै पनि टिभिएस स्कुटर विगो, स्कुटी जेस्ट, ड्याज र जुपिटर खरिदमा तत्काल उपहार स्वरुप पाँच हजार क्यास छुट पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कम्पनीका अनुसार यसका अतिरिक्त, ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग लिई बम्पर उपहारमा हिराको औंठी जित्ने मौका पाउन सक्नेछन् ।तर, ग्राहकले टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने पाँच हजार छुट पाउने छैनन् ।

प्रकाशित: २५ माघ २०७४ ०२:१७ बिहीबार

टिभिएसको सेलिब्रेट भ्यालेन्टाइन्स डे इन स्टाइल