अर्थ

सिद्धार्थ इन्स्योरेन्सको शाखा बनेपामा

बनेपा – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काभ्रेपलान्चोकको बनेपामा आफ्नो ५४ औँ शाखा विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रबन्धकद्वय मुरारी रेग्मी र योगेश कृष्ण श्रेष्ठले बुधबार शाखा कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन्। 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले अहिलेसम्म ५३ वटा शाखा सञ्जालबाट सेवा प्रवाह गर्दै आएको कम्पनीले आगामी दिनमा अन्य ठाउँमा पनि शाखा विस्तार गर्दै स्तरीय सेवा प्रदान गरिने बताए। 

प्रकाशित: २४ माघ २०७४ १४:२२ बुधबार

सिद्धार्थ इन्स्योरेन्सको शाखा बनेपामा