अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

सम्झौता अनुसार बैंकका ग्राहकले मकवानपुरको भुंग्रो थकालीमा १० प्रतिशत, न्युरोडको एञ्जल ज्वेलरीको सुन बनाउने चार्जमा ४० प्रतिशत, भैरहवाको गाउँले चुलोमा १० प्रतिशत, काठमाडौंको म्याग्दी होटलमा १० प्रतिशत, महाराजगञ्जको एजिलिस डाइग्नोष्टिक नेपालको ल्याब टेष्टलगायतका विभिन्न सेवामा विषेश छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ।

प्रकाशित: १३ पुस २०८० ०१:२२ शुक्रबार

महालक्ष्मी विकास बैंक स्वास्थ्य होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरू