अर्थ

नयाँ वर्षको उपलक्ष्यमा सिट्रोनको ‘न्यू इयर बोनान्जा’

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू – सिट्रोन सि ३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि ३ (विद्युतिय भर्जन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा दुइ लाख र विद्युतिय भर्जन सिट्रोन इ सि३ मा एक लाख सम्मको लाभ पाउन सक्नेछन्।

नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्ने बताइएकाे छ। यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्ने कम्पनीले जनाएकाे छ।

न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: १२ पुस २०८० १५:३१ बिहीबार