अर्थ

जनता बैंकको निःशुल्क आँखा शिविर

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर गरेको बैंकले जनाएको छ ।

आँखा शिविरमा १२ सय २४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यसमध्ये तीन सयजना बिरामीलाई अपरेसनको लागि धानगढी नेत्रालयमा रिफर गरिएको छ । त्यहाँ उनीहरुले निःशुल्क सल्यक्रिया गराउन पाउने छन् । उक्त शिविरमा करिब एक सय बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: २२ माघ २०७४ ०१:१५ सोमबार

जनता बैंकको निःशुल्क आँखा शिविर