अर्थ

प्रभु बैंकका सिईओ शेरचन सम्मानित

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन सम्मानित भएका छन्। बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको अवसरमा शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका हुन।  

बैंकिङ क्षेत्रमार्फत जिल्लालाई चिनाउन सफल भएको भन्दै सातौं बागलुङ महोत्सव अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्मान गरेका हुन्। शेरचन नेतृत्वको प्रभु बैंकले हालै बैंक अफ द इयर अन्तर्राष्टिय अवार्ड प्राप्त गरेको थियो।  

बागलुङ नगरपालिका – ३ राधाकृष्ण टोलमा जन्मेर प्रभु बैंकलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा सिइओ शेरचनलाई सम्मान गरिएको सातौं बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले बताए।

शेरचनको नेतृत्वमा बैंकले सेवाग्राहीलाई सहज सेवा प्रदान गरेर बैंक प्रतिको जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेकोले केही समयअगाडि प्रभु बैंकले ‘बैंक अफ दि इयर’ २०२३ को उपाधि समेत प्राप्त गरेको थियो। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको थियो।

 

प्रकाशित: ११ पुस २०८० १५:४४ बुधबार

बागलुङ नगरपालिका प्रभु बैंक सातौं बागलुङ महोत्सव प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन