अर्थ

रैथाने विश्वविद्यालय स्थापना गठित समितिले दोस्रो प्रतिवेदन बुझायो

रैथाने विश्वविद्यालय स्थापनाको लागि गठित समितिले दोस्रो तरणको प्रतिवेदन बुझाएको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समितिको बैठक बस्दै प्रतिवेदन बुझाएको हो।

रैथाने शिल्पकला तथा संस्कृतिको जगेर्ना मार्फत समाजलाई नैतिक मूल्य÷मान्यताका साथ समृद्ध र आत्मनिर्भर बनाउने अवसर मुलुकले गुमाइरहेको अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रैथाने विश्वविद्यालय स्थापनाको परिकल्पना गरेको जनाएको छ।

मन्त्रालयको अनुसार पछिल्लो समय भूमण्डलीकरणका कारण आनुबांशिक ज्ञान तथा रैथाने सीप, कला/कौशल र संस्कृति ओझेलमा पर्दै गएको कारण पनि यसको जगेर्ना आवश्यक छ।

पछिल्लो समय प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री सुदन किराती र उच्च पदाधिकारीहरूसँग गत वर्षको चैत ९ गते प्रस्तावित विश्वविद्यालय स्थापना सम्बन्धमा छलफल भएको थियो। सो छलफलमा रैथाने शिल्पकता तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न नेपाल सरकार मन्त्री स्तरको निर्णयअनुसार पूर्व सचिव तथा प्रतिष्ठानका अध्यक्ष डाक्टर मानबहादुर विश्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो।

यस्तै डाक्टर विश्वकर्माको संयोजकत्वमा रहेको समितिले प्रारम्भिक प्रतिवेदन बुझाउँदै थप अरू अध्ययन गरी फाइल प्रतिवेदन बुझाउने बताएको छ।

प्रकाशित: ११ पुस २०८० १३:२० बुधबार

रैथाने विश्वविद्यालय