अर्थ

हरिवनको बजेट ४७ करोड

सर्लाही – ‘कृषि, शिक्षा, पशु, पर्यटन, स्वास्थ्य, सञ्चार र पूर्वाधार, स्वच्छ, समुन्नत हरिवन नगरपालिकाको समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सर्लाहीको प्रमुख व्यापारिक केन्द्र हरिवन नगरपालिकाले चालू आर्थिक वर्ष ०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

शनिबार अपरान्ह आयोजित समारोहबीच हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले ४७ करोड ८३ लाख ३० हजार रुपैयाँको आयव्यय सार्वजनिक गरेका हुन् । घोषित बजेट कार्यक्रमअनुसार चालुतर्फ २० करोड ३३ लाख ४६ हजार तथा पुँजीगततर्फ २७ करोड ३३ लाख रुपैयाँ रहेको छ।

पुँजीगततर्फ शिक्षामा सबैभन्दा बढी सात करोड ६२ लाख, स्वास्थ्यमा दुई करोड १० लाख, कृषिमा ६५ लाख, महिला विकास क्षेत्रमा ५५ लाख, युवा तथा खेलकुद क्षेत्रमा ३५ लाख, पशु विकासका क्षेत्रमा ३३ लाखलगायत बजेट छुट्ट्याइएको मेयर प्रसाईंले जानकारी दिए।

जिल्लास्थित २० वटा स्थानीय तहमध्ये अधिकांशले भव्य उद्घाटन सभा गरेर अनुमानित आयव्यय सार्वजनिक गरेपछि विवाद भएका छन् । कतिपयले स्थानीय तहले त अझै पनि सार्वजनिक गर्न सकेका छैनन् । हरिवनले भने नगर सभा सदस्यबीच नगर सभा सम्पन्न गरेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

प्रकाशित: २१ माघ २०७४ ०२:५३ आइतबार

हरिवनको बजेट ४७ करोड