अर्थ

जनता बैंक –सगरमाथा इन्स्युरेन्स सम्झौता


काठमाडौं – जनता बैंक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बिमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्झौता गरेको बैंकको भनाइ छ । यो सम्झौतासँगै ग्राहकले बिमालेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा जनता बैंकको सबै शाखाबाट छिटो, छरितो र सहजरुपमा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ माघ २०७४ ०२:५० आइतबार

जनता बैंक –सगरमाथा इन्स्युरेन्स सम्झौता