अर्थ

‘जोनी वाकर एटिन् इयर्स’ नेपाली बजारमा

काठमाडौं – ‘जोनी वाकर एटिन् इयर्स’ ह्विस्की नेपाली बजारमा भित्रिएको छ । जोनी वाकरको पुरस्कार विजेता जिम बेभरेजले नेपालमा यसको बिक्री सुरु गरेको हो।

यो ह्विस्की यसअघि जोनी वाकर प्रिमियम लेभलको नामबाट परिचित विभिन्न १८ ह्विस्कीको अनुकूलनीय मिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ । ‘गहकिला स्वाद र विशेष गुणका कारण परिचित ती ह्विस्कीलाई एक–एक गरी छानेर यो नयाँ तयार पारिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ नाम र विलासी प्याकेजिङले विश्वमै सबैभन्दा बढी बिक्री हुने स्कच निर्माता जोनी वाकरद्वारा यसभन्दा अघि कहिल्यै सिर्जना नगरिएको मिश्रणको पहिचानको रुपमा सर्वोत्कृट १८ वर्ष पुरानो ब्लेन्डेड स्कच ह्विस्कीको उमंगलाई प्रतिबिम्बित गर्दछ।’

चकलेटी क्यारामेल, भेनिला र धुँवाको अंशसमेत पाइने यो ह्विस्की काला फल, मल्टी सिरियल, सरस क्रिमी भेनिला, सुगन्धित बदाम र सुतला प्रयोगबाट स्वादिष्ट हुने कम्पनीको भनाइ छ।
 

प्रकाशित: २१ माघ २०७४ ०२:४८ आइतबार

जोनी वाकर एटिन् इयर्स नेपाली बजारमा