अर्थ

ठमेलमा एनबीको नयाँ एटिएम

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तीमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले शुक्रबार एटिएम सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ।

योसँगै बैंकको एटिएम संख्या ५० पुगेको छ । यसबाट ठमेल क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राही लाभान्वित हुने बैंकको विश्वास छ।

बैंकले गत पुस मसान्तसम्म ४३ करोड ८० लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकले ४१ अर्ब ८९ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २१ माघ २०७४ ०२:४४ आइतबार

ठमेलमा एनबीको एटिएम