अर्थ

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ :अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशसरण महत भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै । तस्बिरः रासस

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताएका छन।

चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले देशभित्र केही गर्न युवालाई आह्वान गरेका हुन।

अर्थमन्त्री महतले विभिन्न तथ्याङ्कले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्ने बताए। नेपालमा लगानीको वातावरण केही छैन भन्ने भ्रममा परेर विदेश जानुभन्दा नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाले राखेर अघि बढनुपर्ने उनको भनाइ छ । उनले भने, ‘देशमा धेरै गर्न बाँकी छ, अवसर पनि यही छन्।’

निकुञ्ज जनताको लागि र जनता निकुञ्जको लागि भन्ने अवधारणाको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उहाँले दुवैलाई आवश्यकता आभाष दिलाउने गरी ऐन परिर्वतन हुनुपर्ने बताए। निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने भन्दै अर्थमन्त्री महतले पुरानो ऐनले जनता र निकुञ्जबीचको दुरी बढाइएको आफूले पाएको बताए ।

प्रकाशित: १० पुस २०८० १२:०९ मंगलबार

अर्थमन्त्री प्रकाशशरण महत चितवन हात्ती तथा पर्यटन महोत्सव निकुञ्ज ऐन