अर्थ

लक्ष्मी समूहद्वारा बालबालिकालाई सहयोग

लक्ष्मी समूहले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ। यस अवसरमा हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलको सेरेब्रल पल्सी सेन्टरका ५० भन्दा बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री प्रदान गरेको छ।

हुण्डाई मोटर कम्प्नीको मोबिलिटीसँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यवद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई कम्पनीले सहयोग गर्दै आएको छ।

मोबिलिटी सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्कघात भएका बालबालिकालाई गतिशीलतामा सहज पहुँच सुनिश्चत गर्ने उद्देश्यले कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेका जनाएको छ।

प्रकाशित: ९ पुस २०८० ०४:४६ सोमबार

लक्ष्मी समूह हुण्डाई मोटर कम्प्नीको मोबिलिटी