अर्थ

एनआइसी एसियाको नगद फिर्ता योजना

काठमाडौं – एनआइसी एसिया बैंकले उक्त बैंकबाट जारी भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पिओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा नगद फिर्ता हुने योजना ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको हो ।

बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रतिभुक्तानी पाँच सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्ने बैंकले जनाएको छ । यस योजनाबाट बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोग गर्ने दुई लाख ४० हजारभन्दा बढी ग्राहक लाभान्वित हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १९ माघ २०७४ ०१:१५ शुक्रबार

एनआइसी एसियाको योजना