अर्थ

ठमेलमा ज्योति विकास बैंक

काठमाडौं – ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ । महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । साथै, बैंकका कर्मचारी तथा सर्वसाधारणले सो अवसरमा ठमेल सरसफाइ कार्यक्रम समेत गरेको बैंकले जनाएको छ ।

 

प्रकाशित: १९ माघ २०७४ ०१:११ शुक्रबार

ठमेलमा ज्योति विकास बैंक