अर्थ

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो तालिम

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा आफ्ना कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरण तालिम सम्पन्न भएको छ। माघ १५ बाट सुरू गरिएको कार्यक्रम बिहीवार सम्पन्न भएको हो।

कम्पनीले ४० भन्दाबढी शाखाका १०० जना प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरू तालिम दिएको छ। कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल र सञ्चालक समितिका सदस्य ईश्वर कुमार कार्कीले कर्मचारीलाई तालिम प्रदान गरेका थिए।

उनीहरूले कर्मचारीलाई आफ्नो जिम्मेवारी अनुरूपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गर्नुका साथै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरूलाई सम्मानित समेत गरेका थिए। तालिम पश्चात कर्मचारीले कम्पनीको योजनाअनुसारको लक्ष्य प्राप्तीका लागि आफूहरू प्रतिवद्ध रहेको जनाएका थिए ।

प्रकाशित: १८ माघ २०७४ १५:०५ बिहीबार

आइएमई इन्स्योरेन्सले कर्मचारीलाई दियो