अर्थ

पेप्सीकोलामा ज्योति विकास बैंक

काठमाडौं – ज्योति विकास बैंकले भक्तपुरको पेप्सीकोलामा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

सञ्चालनमा आएको १० वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे बैंकको विज्ञप्तिमा उल्लेख छ । ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ ।
ज्योतिले ५० शाखा र १४ एटिएममार्फत सेवा दिइरहेको र निकट भविष्यमै १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने जनाएको छ ।

 

प्रकाशित: १८ माघ २०७४ ०१:४० बिहीबार

पेप्सीकोलामा ज्योति विकास बैंक