अर्थ

कुमारी बैंक अवकाश कोषमा सञ्चित बचतको लाभांश वितरण

कुमारी बैंकले अवकाश कोषमा सञ्चित बचतको लाभांश वितरण गरेको छ। कोषले गत २०८० असार मसान्तसम्मको सञ्चित बचतबाट ७८ प्रतिशत रकम (४ करोड १७ लाख रूपैयाँ) वितरण गरेको हो।

कोषमा सहभागी कर्मचारीलाई असारमसान्तसम्म सञ्चित अवकाश कोषमा औसत मौज्दातको १ प्रतिशत लाभांश उनीहरूको खातामा जम्मा हुने गरी उपलब्ध गराएको हो।

कोषले विगत वर्षमा पनि आफ्नो सञ्चित बचत रकमबाट बचतकर्तालाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत सञ्चयकर्ताका लागि प्रत्येक वर्ष २० हजारसम्मको निःशुल्क औषधोपचार, बिमा, १० हजारसम्मको सुत्केरी तथा शिशु हेरचाह खर्च र १० हजारसम्मका काजक्रिया खर्च दिँदै आएको छ।

प्रकाशित: ८ पुस २०८० ०२:४४ आइतबार

कुमारी बैंक अवकाश कोष सञ्चित बचतको लाभांश वितरण