अर्थ

सिप्रदी अटोपार्ट्सको च्याम्पियन मिट

काठमडौं – सिप्रदी अटोपाटर्स प्रालिले पोखरामा च्याम्पियन मिट भएको छ ।कम्पनीका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले सातौं च्याम्पियन मिट आयोजनाको उद्देश्यलाई प्रस्ट्याएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका उप–महाप्रबन्धक  युवराज  बुढाथोकी, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु  श्रेष्ठ र टाटा मोटर्सका  कस्टमर केयर प्रमुख गणेश सेट्टी सहभागी भएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सिप्रदी अटो पाटर्सले स्किमअन्तर्गत दुईजनालाई युरोप टुर, चारवटा स्कुटर, दुई सय तोला सुन, चारवटा ल्यापटप, पाँच जनालाई थाइल्यान्ड टुर वितरण गरेको कम्पनीले जनाएको छ ।
 

प्रकाशित: १५ माघ २०७४ ०२:३० सोमबार

सिप्रदी अटोपार्ट्सको च्याम्पियन मिट