अर्थ

सानीभेरी गाउँपालिकामा सनराइज

काठमाडौं – सनराइज बैंक लिमिटेडले रुकुमको सानीभेरी गाउँपालिका–९ मा नयाँ शाखा स्थापना गरी आफ्नो बैंकिङ सेवा साुरु गरेको छ । बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव र सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले औपचारिक कार्यक्रमबीच उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

यो समेत बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथै बैंकको नेपालभर ९१ वटा एटिएम, तीनवटा एक्स्टेन्सन काउन्टर तथा २० वटा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १५ माघ २०७४ ०२:१२ सोमबार

सानीभेरी गाउँपालिकामा सनराइज