अर्थ

ज्योति बैंकको भिसा डेबिट कार्ड

काठमाडौं – ज्योति विकास बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । बैंकले एएसिसटी डेबिट कार्ड विस्थापित गरेर भिसा डेबिट कार्ड ल्याएको हो।

बैंकले यो कार्ड सम्बन्धित शाखाबाट निःशुल्क उपलब्ध गराउने जनाएको छ । बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराउँदै आएको छ।

हाल बैंकका ५० शाखा र १४ एटिएम काउन्टर सञ्चालनमा छन् । बैंकले निकट भविष्यमै १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म बैंकले करिब एक लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत १२ अर्ब ४३ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

प्रकाशित: १४ माघ २०७४ ०४:०१ आइतबार

ज्योति बैंकको भिसा डेबिट कार्ड