अर्थ

सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस

फाइल तस्बिर

सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ। चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुन सक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो।

मंगलबार नेपालगञ्ज उपमहानगरपालिका– १ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमसमेत आयोजना गरिएको थियो।  बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मंगलबार तीन सय सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिए। उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गरिएको बताए।

‘राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा  रिफ्लेक्टिभ  स्टिकर टाँसेका हौं’, प्रवक्ता डाँगीले भने। उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो।

नको भनाइ रहेको छ। भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ। –रासस

प्रकाशित: ४ पुस २०८० ०२:४४ बुधबार

जिल्ला प्रहरी कार्यालय बाँके रिफ्लेक्टिभ स्टिकर सवारी दुर्घटना न्यूनीकरण