अर्थ

सुन्धारामा मोबाइलको मल्टी सोरुम

काठमाडौंं –काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा सबै ब्रान्डका मोबाइल पाइने सोरुम सञ्चालनमा आएको छ ।

सस्तो, सुलभ र आधुनिक प्रविधिका अधिकांश मोबाइलका ब्रान्डहरु तथा एसेसरिजहरुसहित अल्फा स्टोर प्रालिले मलको भुइँतलामा बुधबारदेखि उक्त सोरुम सञ्चालनमा ल्याएको हो । सञ्चालन शुभारम्भको अवसरमा प्रालिले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लुटुथ निःशुल्क दिने अफर समेत ल्याएको छ ।

नेपालमा पहिलोपटक आधुनिक आइफोनसहित १३ ब्रान्डका मोबाइल एकै ठाउँबाट पाइने गरी सोरुम सञ्चालनमा ल्याएको प्रालिका प्रबन्ध निर्देशक संजय बगरियाले बताए ।

प्रकाशित: १२ माघ २०७४ ०१:४१ शुक्रबार

सुन्धारामा मोबाइलको मल्टी सोरुम