अर्थ

बृज सिमेन्टले क्रिकेट सामग्री दियो

काठमाडौं– बृज सिमेन्ट इन्डस्ट्रिजद्वारा प्रायोजित क्रिकेट सामग्री राइजिङ पोखरा क्रिकेट एकेडेमीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरले पोखरास्थित र पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित कार्यक्रममा सामाग्री वितरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।बृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्रान्ड एम्बेसडर भेषवाकरसँग करिब ३० जना खेलाडीले प्रशिक्षण लिइरहेका छन् । यस क्रिकेट एकेडेमीको स्थापना एक वर्षअघि भएको थियो ।

प्रकाशित: ११ माघ २०७४ ०२:५५ बिहीबार

बृज सिमेन्टले क्रिकेट सामग्री दियो