अर्थ

प्रभु बैंक र ओम हस्पिटलबीच सम्झौता

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जयराज पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले सो हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्तलगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

प्रकाशित: २८ मंसिर २०८० ०१:५१ बिहीबार

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर अस्पतालको सेवा सुविधामा छुट