अर्थ

आर्थिक मन्दीले पर्साका एक सय ७७ उद्योग बन्द

आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा एक सय ७७ उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९-८० मा एक सय ७७ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७८-७९ मा पर्सामा एक सय ५२ उद्योगले लगत कट्टा गरिएका थिए।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरूको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८-८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएका थिए।

आव २०७९-८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ। आर्थिक वर्ष २०७९-८० मा  एक करोड ६ लाख ३९ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो। उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए । –रासस

प्रकाशित: २७ मंसिर २०८० ०६:५७ बुधबार

उद्योग बन्द एक सय ७७ पर्सा