अर्थ

सुजुकीको बिक्री केन्द्र विराटनगरमा पनि

विराटनगरमा आइतबारदेखि सुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा आएको छ।

सुजुकी टु ह्विलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्समार्फत अमाही मार्टले विराटनगरको मुनालपथमा बिक्री कक्ष र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। अमाही मार्टको मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले बिक्री केन्द्र उद्घाटन गर्दै मार्टले सुरु गरेको नयाँ व्यवसायले जनताको जवीनशैलीमा सहयोग पुग्ने बताए।

नयाँ सामान बिक्रीभन्दा पनि बिक्रीपछिको सेवा गुणस्तरीय र प्रभावकारी भए सबैले पत्याउने हुँदा त्यसलाई पनि कम्पनीले विशेष ध्यान दिनुपर्ने मण्डलले बताए।

भिजी अटोमोबाइल्सका महाप्रबन्धक धिरज भट्टराईले सेल्स र सर्भिसलाई कम्पनीले विशेष ध्यान दिने बताए। सवारी बिक्री  गर्ने मात्र नभई त्यसपछिको सेवालाई प्रभावकारी रूपमा लैजान कम्पनीले उच्च प्राथमिकतामा राखेको उनले बताए।

दुई पांग्रे सवारी साधनका पारखीलाई ध्यानमा राख्दै विराटनगरमा आइतबारदेखिसुजुकी ब्रान्डका मोटरसाइकलको बिक्री कक्ष सञ्चालनमा ल्याएको बताउँदै अमाही मार्टका बिक्री प्रमुख सरिता चौधरीले भनिन्, ‘हाम्रो ध्येय मोटरसाइकल वा स्कुटर बिक्री गर्नु मात्र नभई, त्यसपछि पनि ग्राहकलाई सहज रूपमा सेवा प्रदान गर्नु रहेको छ। सुजुकी ब्रान्डका सवारी किनेका ग्राहकले यहाँबाट गुणस्तरीय सेवा पाउने छन्।’

सुजुकीका ग्राहकका लागि स्पेयर्स पाट्स र सर्भिसको सुविधा कम्पनीले दिने छ। दक्ष प्राविधिक र आधुनिक उपकरणसहितको सर्भिस सेन्टर रहेको हुँदा ग्राहकले सेवाबाट पूर्ण सन्तुष्टि प्राप्त गर्ने चौधरीले बताइन्। 

प्रकाशित: २६ मंसिर २०८० ००:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App