ग्लोबल आइएमई बैंकले एकैसाथ चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले उपत्यकाभित्र बूढानीलकण्ठ, चन्द्रागिरी, चितवनको शरदपुर र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरूबाट गत आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउन थालिएको बैंकले जनाएको छ।
प्रकाशित: २६ मंसिर २०८० ००:३० मंगलबार