अर्थ

‘दशैंमा १० गुणा’ योजनाका विजेतालाई नगद हस्तान्तरण

वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैंलाई लक्ष्य गरी ल्याएको ‘दशैंमा १० गुणा’ योजनाका विजेता इटहरी निवासी होमा देवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ। योजना अनुसार विजेताले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन्।

बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ ग्राहकले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०८० ०२:५३ सोमबार

वेस्टर्न युनियन मनी ट्रान्सफर दशैंमा १० गुणा’