अर्थ

‘घरबहाल कर घरधनीबाट लिनुपर्छ’

फाइल तस्वीर

सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर,भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबहाल कर तिराउने गरेका छन्। यसको विरोधमा चितवन उद्योग वाणिज्य संघ उत्रिएको छ। संघले व्यावसायिक सटर र जग्गाको करसम्बन्धित घरधनीले नै तिर्न अपिल गरेको छ। संघले महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै घरधनीलाई नै कर तिराउन अपिल गरेको हो।

संघका अध्यक्ष चुननारायण श्रेष्ठले आम्दानी गर्नेले कर तिर्नुपर्ने सर्वमान्य सिद्धान्त भएको भन्दै व्यवसायीलाई करमाथि करको बोझ नथप्न अनुरोध गरे। ‘अहिले आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको छ,’ उनले भने, ‘भाडा तिर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीमाथि कर उठाउँदा झन् समस्या परेको छ।’ 

प्रकाशित: २४ मंसिर २०८० ०३:१० आइतबार

चितवन उद्योग वाणिज्य संघ आर्थिक मन्दीका कारण व्यवसाय संकटमा