अर्थ

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, घट्यो बैङ्क दर

नेपाल राष्ट्र बैङ्कले सरोकारवाला निकायको सुझावलाई समेटेर लचकता अपनाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा आज सार्वजनिक गरेको छ। 

समीक्षामा बैङ्क दर र नीतिगत दरहरू घटाएको जनाएको छ ।

राष्ट्र बैङ्क दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ। 

त्यसैगरी, निक्षेप सङ्कलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको राष्ट्र बैङ्कको मौद्रिक नीतिमा उल्लेख छ। 

राष्ट्र बैङ्कले सेयर धितोमा जाने ठुला कर्जाको जोखिम भार घटाएर ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको हो। अहिलेसम्म यस्तो जोखिम भार १५० प्रतिशत रहेको थियो।

प्रकाशित: २२ मंसिर २०८० ०५:४२ शुक्रबार

नेपाल राष्ट्र बैङ्क चालु आर्थिक वर्ष २०८०/८१ पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक बैङ्क दर