अर्थ

पूर्वी रुकुममा पहिलो यातायात समिति

रुकुम- पूर्वी रुकुममा पहिलो पटक यातायात समिति सञ्चालनमा आएको छ। स्थानीय र जिल्ला बाहिरका सडकहरुमा गाडि सञ्चालन गर्ने गरि पूर्वी रुकुम यातायात सेवा प्रालि सञ्चालनमा आएको हो।

प्रालिले हाल स्थानीय रुकुमेकाट, तकसेरा, कोल, राङ्सी, महत लगाएतका सडकखण्ड र जिल्ला बाहिर दाङ नेपालगञ्ज गाडि सञ्चालन गरिएको प्रालिका अध्यक्ष मुलमान पुनले जानकारी दिए। उनका अनुसार अबको केहि दिनमै काठमाडौं सम्म गाडि सञ्चालन हुने छन्। १३ सिट बिमा भाएका गाडिहरु मात्र समितिले सञ्चालन गर्ने प्रालिले जनाएको छ। पूर्वी रुकुमका पश्चिम रुकुमका यातायात व्यवसायिहरुले यातायात सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: २९ पुस २०७४ ०८:५४ शनिबार

पूर्वी रुकुममा पहिलो यातायात समिति