अर्थ

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा

 सिटिजन्स बैंकले शाखा बिस्तार गर्ने क्रममा १९० औं शाखा काठमाडौको इमाडोलमा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले बताएको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ। यी सुविधाहरू हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले उक्त शाखाको सुरुवात गरेका छन्। यसैक्रममा उनले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा ध्यान पुर्‍याउने बताए।

प्रकाशित: २० मंसिर २०८० ०३:०७ बुधबार

सिटिजन्स बैंक नयाँ शाखा इमाडोल