अर्थ

द नेपाल डिस्टिलरिजले प्रिमियम मदिरा ब्रान्ड ल्याउने

‘द नेपाल डिस्टिलरिज’ले ४० युपी सेग्मेन्टको प्रिमियम मदिरा ब्रान्ड बजारमा ल्याउने भएको छ।  

४० युपीको मदिरामा एबिभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यस्तो उत्पादनको अन्तःशुल्क २५ वा ३० युपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरूको आकर्षण बढेको छ। अन्तःशुल्क कम भएकै कारण यो सेग्मेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री रहेको कम्पनीले जनाएको छ।  

यो सेग्मेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्रान्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले जनाए।

प्रकाशित: २० मंसिर २०८० ०३:०१ बुधबार

द नेपाल डिस्टिलरिज प्रिमियम मदिरा ब्रान्ड