अर्थ

ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण

नेपाल वायु सेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ।

निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका्े स्थापनाकालदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको र उक्त सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानीगर्दै आइरहेको भनेर उल्लेख गरेको छ।

त्यसैगरी निगमले ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रमाणित भएकोले निगमले सोही अनुसार उपकरण र दक्षजन शक्ति तयार गरेको जनाएको छ। त्रि. अ. वि. को अलवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ्ग गर्न अनुमति पाएको कारण यस क्षेत्रमा जनशक्ति लगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको अवस्था छ। यसबाट पनि निगमले हाल अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न सक्षम रहेको प्रमाणित भएको उल्लेख गरेको छ।

विमानस्थल ग्राउण्ड ह्याण्डलिङ्ग सेवाप्रति आक्रमण हुनु अप्रासंगिक एवम् नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानी नोक्सानी पुग्ने भएकोेले विषय वस्तुको गम्भिरतालाई ध्यानमा राखि मिति २०८०/८/१७ को निगम कार्यकारी समितिको वैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति २०८०/८/१९ कोे वैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ्ग गर्नु पर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरताको लागि लगानीको सुनिश्चितता, त्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सञ्चालन गर्नु पर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको उल्लेख गरेको छ।

निगमका प्रवक्ता रमेश पाडेलले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको नेपाल वायु सेवा निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको निरन्तरताको लागि उपकरणहरुमा गरिएको अर्वौ रुपैयां लगानीको सुनिश्चितता, व्यवसायिक दक्षता र त्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षाको सुनिश्चितताको लागि समेत निगमको पक्षमा यथार्थ सुचना सम्पे्रषण गरि ऐकवद्धता जनाइ दिनुहुन भनेर अनुरोध गरिएको छ। 

प्रकाशित: १९ मंसिर २०८० १५:०२ मंगलबार

ग्राउण्ड ह्याण्डलिङ्ग नेपाल बायुसेवा निगम