अर्थ

एकै दिनमा चाैबीस सय रुपैयाँ घट्यो सुनको मूल्य

चुलिंदै गएको सुनको मूल्य मंगलबार एकाएक घटेको छ। सुनको मूल्य एक तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको हालसम्मकै उच्च एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ। चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८० ०६:०३ मंगलबार

चुलिदै गएको सुनको मूल्य