अर्थ

श्रमज्योति सहकारीको साधारणसभा

श्रमज्योति बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज न्यौपानेको सभापतित्वमा काठमाडौंमा सो सभा सम्पन्न भएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो कार्यक्रमको उद्घाटन गर्दै सहकारीले आफ्नो व्यवसाय बिस्तार गर्नुपर्ने र व्यवसायको बिस्तार विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेसन स्थापना गरी सन्चालन गरिएमा सोबाट संस्थालाई दीर्घकालीन आयश्रोत तयार हुन सक्ने बताए।

कार्यक्रममा संस्थाको गत आर्थिक वर्षमा कुल सम्पति तथा दायित्व एक अर्ब २२ करोड दुई लाख ६७ हजार रूपैयाँ खुद आय तीन करोड १८ लाख २८ हजार रहेको जानकारी गराइएको थियो।

यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आव २०८०/०८१ लागि लेखापरीक्षकको नियुक्ति, आव २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रमलगायत संस्थाको विनियम र आन्तरिक कार्यविधिहरू स्वीकृत तथा अनुमोदन गरेको जनाइएको छ।

प्रकाशित: १८ मंसिर २०८० ०१:१८ सोमबार

श्रमज्योति सहकारीको साधारणसभा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन