अर्थ

सुजुकीको नयाँ वर्ष २०१८ अफर

काठमाडौं – सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ।

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन्। कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नीकार्गो, ओम्नीभ्यान र ईको लगायत रहेका छन्।

यो सुविधा २०१६, २०१७ तथा २०१८ कामोडलहरुमा छुट्टाछुट्टै प्रदान गरिएको छ। “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर अन्तर्गत उपभोक्ताका लागि ४.५ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, रोड ट्याक्स र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराइने छ।

प्रकाशित: २५ पुस २०७४ १५:२३ मंगलबार

सुजुकीको २०१८ अफर