अर्थ

महालक्ष्मी बैंकले स्वस्तिक बगैंचा मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। ललितपुर महानगरपालिका ५ महालक्ष्मी मन्दिर नजिकको महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्य गरिदिने भएपछि दुबै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

महालक्ष्मीमन्दिर परिसरको प्राकृतिक सौन्दर्य अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूत गर्न मदत पुर्‍याउने उद्देश्यले बैंकले उक्त बगैंचा मर्मत गर्न सम्झौता गरेको जनाएको छ। बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत गर्दै आइरहेको बताएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०३:१२ मंगलबार

महालक्ष्मी बैंक महालक्ष्मी स्थान व्यवस्थापन समिति