अर्थ

कुमारी बैंकद्वारा बिमा रकम भुक्तान

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म आठ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी प्रदान गरेको छ। बैंकले उक्त रकम बैंकका चार हजार पाँच सय ग्राहकलाई भुक्तानी गरेको जनाएको छ।

बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरूको उपचार एवं दुर्घटना मृत्यु बिमा बापत बिमा कम्पनीहरूमार्फत सो रकम आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको बताएको छ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्तर्गत सहरी तथा ग्रामीण क्षेत्रबाटसमेत ग्राहक लाभान्वित भएका छन्।

बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको बैंकले बताएको छ। बैंकका अनुसार कुल बिमा भुक्तानीमध्ये अस्पताल भर्ना बिमाबापत सर्वाधिक, ५४ प्रतिशत रकम भुक्तानी गरेको छ।

प्रकाशित: १२ मंसिर २०८० ०२:५० मंगलबार

कुमारी बैंकद्वारा बिमा रकम भुक्तान परिवार सुरक्षा बचत खाता योजना